धन्न छोडिनँ यो प्रिय संसार

नेपाल लाइभ

काठमाडौँ

विकल्प विवश

‘बलिउडका कलाकार ‘सुशान्त सिंह राजपुत’ले आत्महत्या गरे रे,’ अफिसमा कुनै सहकर्मीले खबर सुनायो। म स्तब्ध भएँ। आत्महत्या नै जीन्दगीमा आइपर्ने समस्याको समाधान होइन। यस्तै सन्देश दिने चलचित्रमा जसले अभिनय गरे। जसले सारा दुनियाँलाई जित, सफलताभन्दा पर पनि जिन्दगी छ भनेर सन्देश दिने चलचित्रमा अभिनय गरे। आज तिनै नायकले यस्तो गरे। अहँ पत्याइनँ। हो÷होइन यकिन गर्न हतारहतार ट्विटर स्क्रोल गरें। अब नपत्याइरहन सक्ने अवस्था रहेन। टाइमलाइन उनको मृत्युको खबरले भरिइसकेको रहेछ। 

बलिउडको एउटा उदाउँदो कलाकारले यसरी आत्महत्या गर्नैपर्ने कारण कारण चाँहि के? टाइमलाइनमा आत्महत्यासँगै त्यसको कारण लेखिएको थियो, ‘डिप्रेसन।’ म झन् झसंग भएँ। निरन्तर सफल चलचित्रमा अभिनय, बलिउडजस्तो ठूलो चलचित्र उद्योगमा काम गरिरहेको चल्तीको नायकलाई डिप्रेसन? बाहिर ठिकठाक जस्तो देखिने, सहज अवस्थाको मानिस भित्रभित्रै डिप्रेसनमा छैन भन्न सकिन्नँ कि! डिप्रेसनबाट तंग्रिदै गरेको मलाई आत्महत्याको कारण देखेर मन उद्धेलित भयो। के उनले डिप्रेसनबाट गुज्रिरहेको कुरा चिकित्सिक, साथीभाइ र आफन्तलाई जानकारी गराएका थिए? वा उनी आफैंले त्यो कुरा थाहा नपाउँदै भित्रभित्रै यो अवस्थासम्म पुगिसकेका थिए। आखिरमा मानिस डिप्रेसन र आत्महत्याको अवस्थासम्म कसरी पुग्छ? 

प्रकाशित मिति: : 2020-06-18 19:52:10

प्रतिकृया दिनुहोस्