राष्ट्रिय विभूति अरनिकोको दुर्लभ चित्र नेपालमै

हिमाल खबर

काठमाडौँ

ज्ञानेन्द्र विवश'

कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीमा राष्ट्रिय विभूति कलाकार अरनिकोले बनाएका दुई थान व्यक्तिचित्रको प्रदर्शनीले इतिहासको अर्को अध्याय प्रारम्भ गर्यो‍ । २०६६ सालमा गरिएको सो सार्वजनिक कार्यले कलाका खोजीको यात्रालाई निरन्तरता दिन अध्येताहरूलाई हौस्यायो । व्यक्तिचित्रको सुन्दर र कलात्मक सिर्जनाको त्यस प्रदर्शनीले कलाकार अरनिको एक कुशल चित्रकारका रूपमा समेत ख्यातिप्राप्त व्यक्तित्व रहेको तथ्य सार्वजनिक भएको हो ।

अन्वेषक मीनबहादुर शाक्यले अनुसन्धानका क्रममा फेला पारेको र चीनमा समेत नभएको अरनिकोले बनाएको सो दुर्लभ चित्रको प्रतिलिपि अब नेपालमै हेर्न पाइन्छ । नेपालमा ल्याइएका ती चित्रको सक्कली रूप भने ताइवानको राजधानी ताइपेईको राष्ट्रिय प्रासाद सङ्ग्रहालयमा शोभायमान भएर रहेको छ । ई.सं. १२९४ मा बनाएको त्यो चित्र चीनका तत्कालीन युआनवंशी सम्राट कुब्लाई खाँ र उनकी श्रीमती छवी खाँको व्यक्तिचित्र हो । उनले नेपाली इतिहासका धेरै तथ्य अभिलेखहरू चीन र ताइपेईमा रहेको बताएका थिए । चीनको डुङवाङ गुफामा सं. ७१५ देखि ८१५ तिर नेपालबाट लगिएका कलाकारहरूले बनाएका चित्र रहेको बताएका थिए ।
 

प्रकाशित मिति: : 2020-06-24 08:15:08

प्रतिकृया दिनुहोस्