कोरोना समुदायमा फैलिइसकेको छैन

गोरखापत्र

काठमाडौँ

गत जेठ ५ गते दैलेखको आठबीस नगरपालिका–१, सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसपछि दैलेखमा कोरोना सङ्क्रमित बढ्दै गएका छन् । अहिलेसम्म दैलेखमा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । सङ्घीय सरकारले समेत दैलेखलगायतका चार जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै लकडाउनलाई निरन्तरता दिइरहेको छ । दैलेख कोरोना सङ्क्रमणको उच्च जोखिममा हुँदा पनि सङ्घीय सरकारले दैलेखका लागि गम्भीरता देखाउन नसकेको आरोप लगाइएको छ । परीक्षणको दायरा बढाउन पीसीआर मेसिन जडानका लागि दैलेख आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले परीक्षणको दायरा अझै बढाउँदै लैजाने बताउनुभएको छ । दैनिक २० हजार जनाको पीसीआर परीक्षण गर्ने तयारीमा सरकार रहेको जानकारी उहाँले दिनुभयो । यसै सेरोफेरोमा रहेर दैलेख आउनुभएका सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतसँग गोरखापत्रका लागि पत्रकार कमल शर्माले गरेको कुराकानीको सारसङ्क्षेप :

प्रकाशित मिति: : 2020-06-25 08:14:19

प्रतिकृया दिनुहोस्