महानगर बजेट : शहर–शहर बीचमै यति ठूलो अन्तर

रातोपाटी

काठमाडौँ

 

शंकर अर्याल 

 गाउँ र शहरबीचको फरक के हो ? यो सबैलाई थाहा हुन्छ । तर, शहर र शहरबीचकै फरक के हो त्यो जोकोहीलाई थाहा हुँदैन । तर यहाँ शहर र शहरबीचकै फरक खोज्नुपर्ने अवस्था आएको छ । प्रसङ्ग हो बजेटको । असार १० गतेभित्र बजेट गाउँ/नगरसभाको अधिवेशन बोलाउनुपर्ने कानुनी प्रावधानअनुसार देशभरका अधिकांश स्थानीय तहले नगरसभाको नयाँ अधिवेशन बोलाए । त्यसमध्ये धेरैजसोले बुधबार नै बजेट प्रस्तुत गरे भने केही स्थानीय तहहरुले बुधबार नीति तथा कार्यक्रम मात्रै ल्याए । जनकपुर उपमहानगरपालिका जस्ता केही ‘विवादित’ स्थानीय तहहरुले भने सो दिन अधिवेशन बोलाउन समेत सकेनन् । ६ महानगरपालिकामध्ये सबैले बुधबार अधिवेशन बोलाएका छन् । जसमध्ये ५ वटा महानगरपालिकाले बजेट घोषणा सार्वजनिक भएको छ ।

देशकै पहिलो काठमाडौँ महानगरपालिकादेखि सबैभन्दा कान्छो विराटनगर महानगरपालिकाले समेत नगरसभा बोलाएर आर्थिक वर्ष २०७७/७८ का लागि बजेट र यससँग आश्रित विधेयकहरु प्रस्तुत गरेका हुन् । काठमाडौँ महानगरपालिकाबाहेक अरुले भने नीति तथा कार्यक्रम समेत बुधबारकै सभामा प्रस्तुत गरे । काठमाडौँ महानगरपालिकाले भने एक साता अघि नै त्यस्तो कार्यक्रम पेश गरिसकेको थियो । तर, ललितपुर महानगरपालिकाले भने बुधबार नीति तथा कार्यक्रम घोषणा गरेर बजेटको अंक मात्रै घोषणा गरेको छ ।

प्रकाशित मिति: : 2020-06-25 13:59:19

प्रतिकृया दिनुहोस्