एसियामा चीनको बढ्दो प्रभावविरूद्ध अमेरिकाको कडा निर्णय!

युरोपमा अमेरिकी सेनाको संख्या कम गरि एसियामा तैनाथ गर्ने योजना

एजेन्सी

मुम्बई

एसियामा चीनको बढ्दो प्रभावविरूद्ध अमेरिकाले कडा निर्णय लिएको छ। अब युरोपमा अमेरिकी सेनाको संख्या कम गर्ने र एसियामा तैनाथ गर्ने योजना बनाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पियो जानकारी दिए।

उनले बिहीबार ब्रसेल्स फोरममा भने, ‘चीनबाट भारत र दक्षिण-पूर्व एसियामा बढ्दो खतरालाई ध्यानमा राखेर अमेरिकाले युरोपबाट आफ्नो सैन्य शक्ति घटाउने निर्णय गरेको छ। ताकि खतरा भएका ठाउँमा सेना थप्न सकियोस्।’

स्रोतका अनुसार अमेरिकाले जर्मनीमा रहेका ५२ हजार सेना मध्ये ९ हजार एसियामा परिचालन अनुमान गरिएको छ। अमेरिका यो कदम चाल्नुको पछाडि भारतीय स्वार्थ देखिन्छ। चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखाको नजिकै हरेका गतिबिधिले भारतलाई तनाव बनाएको छ। उता भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चिनियाँ समुन्द्रमा समेत चीनले खतराको घन्टी बजाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै अमेरिकाले जर्मनीमा आफ्नो सैन्य शक्ति घटाउने घोषणा गरेका थिए। जुन निर्णयप्रति युरोपियन युनियनले असन्तुष्टि जनाएको थियो।

अमेरिकी विदेशमन्त्री पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा भएको बताए। एसियाली मुलुकहरुलाई बढ्दो खतरालाई ध्यानमा राखेर अमेरिकाले सेना परिचालन गर्ने निर्णय गरेको बताएका छन्। ‘हामी निश्चित हुन चाहन्छौं कि चीनका जनमुक्ति सेना यसको सामना गर्न तयार छ। हामीलाई लाग्छ, यो समय हाम्रा लागि चुनौती हो र हामी हाम्रो तयारी पूरा भएको पक्का गर्न खोजिरहेका छौं,’ उनले भने।

अमेरिकाले पहिलो पटक हिन्द महासागरको डियोगार्शियामा ९ हजार सेना तैनाथ गर्ने बताइएको छ। यस बाहेक ताइवान आफ्नो भूमिमा पनि अमेरिकी सेना राख्न अनुमति दिन सक्ने अनुमान गरिएको छ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले चीनबाट छिमेकी देश जोखिममा रहेको र त्यसमा अमेरिकाको दृष्टि पुगेको बताए। युरोपियन युनियनसँग चीनको खतराबारे अमेरिकाले पनि कुरा गर्ने उनको भनाइ छ। उनले चीनको आर्थिक नीतिविरुद्ध पनि खुलेर कुरा राखेका थिए। भारत-चीन सीमामा भएको हिंसात्मक झडप, दक्षिण चीन सागरमा चीनले अरूलाई पुर्‍याएको हानिबारे पनि उनले बोलेका थिए।

ट्रान्स अटलान्टिक गठबन्धनसँग मिलेर चीनबाट हुने खतराविरुद्ध लड्न सकिने उनले उल्लेख गरे। उनले भने, ‘ईयू र संयुक्त राज्य चीनविरुद्ध मिलेर काम गर्न आवश्यक छ।’

जर्मनीमा अमेरिकाले आफ्नो सेनाको संख्या ५२ हजारबाट घटाएर २५ हजारमा झार्दै छ। अमेरिकी विदेशमन्त्री पोम्पिओले आफ्नो देशको यो निर्णयबारे भने, ‘कुनै-कुनै ठाउँमा अमेरिकी सैनिकको संख्या घटाइनेछ ताकि अधिक महत्त्व भएका ठाउँमा हामी खतराको सामना गर्न सकौं।’

प्रकाशित मिति: : 2020-06-26 10:23:59

प्रतिकृया दिनुहोस्