कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

असार ४ गते बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको पौडेलले बताए।

बैठकमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग्दै रास्वपाको संसद अवरोध, एमालेसँगको सत्ता सहकार्यको समीक्षा, साथै आगामी १५औं महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2025-06-17 16:54:00

प्रतिकृया दिनुहोस्