बिबरले दायर गरे यौन दुर्व्यवहारको आरोप लगाउने दुई महिलाविरुद्ध मानहानीको मुद्दा

क्यानेडियन गायक जस्टिन बिबरले आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने दुई महिलाविरुद्ध मानहानीको आरोपमा मुद्दा दायर गरेका छन् । 

२६ वर्षका गायक बिबरले बिहीबार लस एन्जलसमा दुई करोड अमेरिकी डलरको क्षतिपूर्ति मागसहितको मानहानी मुद्दा दायर गरेका हुन् । उनले आफूमाथि आधारहिन आरोप लागेको भन्दै दुई महिलाविरुद्ध एक/एक करोड रुपैयाँ क्षतिपूर्ती माग गरेका छन्। 

बीबरले आफूमाथि सन् २०१४ मा यौन दूर्व्यवहार गरेको भन्दै ती महिलाहरुले सामाजिक सञ्जालमार्फत् आरोप सार्वजनिक गरेका थिए।

सन् २०१४ को मार्च ९ मा टेक्सासको अस्टिनमा रहेको होटलमा आफूमाथि बिबरले दुर्व्यवहार गरेको आरोप लगाउँदै डानिएल नाम गरेकी महिलाले ट्वीट गरेकी थिइन् । यता काडी नाम गरेकी अर्की महिलाले सन् २०१५ को मेमा बिबरले न्यूयोर्कको होटलमा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै ट्वीट गरेकी थिइन् ।

उनले ट्वीटरमार्फत् लेखेकी थिइन्,‘सरी’ गायकले ममाथि साउथवेस्ट फेस्टिभलमा हुँदा दूर्व्यवहार गरेका थिए।’
 
उक्त ट्वीटपश्चात बीबरले पनि ट्वीटरबाटै आफूमाथि लागेको आरोपबारे स्पष्टिकरण दिएका थिए। बिबरले त्यस बेलाकी आफ्नी प्रेमिका सेलेना गोमेजसँग आफू रहेको जानकारीसहितको आर्टिकलको स्क्रीनसट सेयर गरेका थिए ।

डानिएलले सो ट्वीट डिलिट गरेकी छन्, तर त्यसको स्क्रीनसट भने अझै सामाजिक सञ्जालमा पाइन्छ।
 

प्रकाशित मिति: : 2020-06-27 07:23:32

प्रतिकृया दिनुहोस्