जब वर्षा ऋतुको आगमन हुन्छ

प्रकृतिको  सौन्दर्य देखेर

यो मन पनि हर्षित  हुन्छ

जब वर्षा ऋतुकी रानीको

आगमन हुन्छ

पृथ्वी पनि खुशीले नाच्छ।

आकाशमा पनि

गडङ् गडङ् गडङ् बादलको धुन

चम् चम् चम् बिजुली चम्केर

अहो! सन् सन् सन् गर्दै हावा चलेको

पानीका थोपा पनि तप् तप् तप् गर्दै

जब धरतीमा झर्छन् सुकेका रूख-बुटाहरूमा

नयाँ  जीवन भरिएर आउँछ

चारैतिर  हरियो  वन पाखामा

मयूर, मुनाल र मैनाहरूको

गीत सुनेर फूलहरूमा

पुतली भमरा र माहुरीहरूको नृत्य देखेर

यो मन पनि अत्यन्त हर्षित भएर

नाच्न  थाल्छ...

जब वर्षा ऋतुको आगमन  हुन्छ

किसानहरूको जीवनमा

अझ बढी हर्षोल्लासले छाउँछ

आकाशमा इन्द्र-धनुष देखेर

कविहरूको कलमबाट

शब्दहरूको झरी नै लाग्दछ

जब बर्षा ऋतुको आगमन हुन्छ।

प्रकाशित मिति: : 2020-06-27 09:25:00

प्रतिकृया दिनुहोस्