पाकिस्तानकाे कराची स्टक एक्सचेन्जमा बिस्फोट, ५ जनाकाे मृत्यु (भिडियाेसहित)

पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ। कराचीको स्टक एक्सचेन्जमा प्रवेश गरेका ४ आतंकवादीले अन्धाधुन्ध फाइरिङ गरेका छन्। 

यो घटनामा पाँच व्यक्तिको निधन तथा तीन जना घाइते भएका छन्। 

आतंकवादीले स्टक एक्सचेन्जको भवनमा ग्रेनेडबाट पनि प्रहार गरेको पाकिस्तानी सुरक्षा निकायले जानकारी दियो। 

यो घटनामा ४ आतंकवादीलाई तत्कालै मारिएका छन्। स्टक एक्सचेन्जमा प्रवेश गरेका आतंकवादीबाट हतियार र ह्याण्ड ग्रिनेड फेला परेको सुरक्षा निकायले जानकारी दियो। 

घटना बिहान ९ बजे भएको थियो, जब आतंकवादी भवन भित्र छिरेर एक्कासी फायरिङ सुरु गरेका थिए। यसको जानकारी पाउने वित्तिकै प्रहरी र रेन्जर्स सेना तत्कालै घटनास्थल पुगेका थिए। 

अहिले पनि घटना भएको स्थानलाई खाली गर्ने काम भइरहेको छ। प्रहरीले घटना अझैं घाइते हुन सक्ने अनुमान गरेका छन्। प्रहरी अधिकारी अहमद अब्बासीले ६ घाइतेलाई सिभिल अस्पताल कराचीमा उपचारका लागि पठाएको बताएका छन्।
 

प्रकाशित मिति: : 2020-06-29 12:50:32

प्रतिकृया दिनुहोस्