अमेरिका र जर्मनीको विरोधका बीच कराची स्टक एक्सचेन्ज हमलाको यूएनद्धारा निन्दा

बिएल संवाददाता

इस्लामाबाद

अमेरिका र जर्मनीको विरोधका बाबजुद संयुक्त राष्ट्रसंघको सुरक्षा निकाय (युएनएससी) ले पाकिस्तानको कराची स्टक एक्सचेन्जमा हालै भएको आतंकवादी हमलाप्रति निन्दा प्रस्ताव पारित गरेको छ।

यसै साता कराची शहरमा भएको आतंकवादी हमलामा सुरक्षाकर्मीलगायत १० जनाको हत्या भएको थियो। 

पाकिस्तानले यो हमलाविरूद्ध प्रस्ताव राखेको थियो। यस विषयमा चीनले मंगलबार स्पष्टीकरण पनि माग गरेको थियो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कराची स्टक एक्सचेन्जमा भारतले आतंकवादी आक्रमण गराएको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2020-07-02 08:04:11

प्रतिकृया दिनुहोस्