चट्याङ लाग्दा बारामा ४ जनाको मृत्यु, ७ घाइते

धान रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा बिहीबार बिहान चार जना महिलाको मृत्यु भएको छ।

बाराको फेटा गाउँपालिकामा दुई तथा कलैया उपमहानगरपालिकाका २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिकास्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लाग्दा सात जना घाइते भएका छन्। घाइते सबैको वीरगञ्जमा उपचार भइरहेको छ। घाइते एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-02 09:21:58

प्रतिकृया दिनुहोस्