नेपाली क्रिकेट एकैरातमा सुधार हुँदैन

बाह्रखरी

काठमाडौं

कोरोनाका कारण जारी लकडाउनले गर्दा नेपालमा क्रिकेटका गतिविधिहरु शून्य छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण नेपाली क्रिकेटका गतिविधि प्रभावित भए । नेपाल क्रिकेट संघ क्यानले नयाँ नेतृत्व पाएसँगै क्रिकेटमा सकारात्मक विकास हुने अपेक्षा थियो । यसबीचमा क्यानले केही योजना पनि अघि सारेको थियो । तर, कोरोनाको संक्रमणका कारण नयाँ प्रशिक्षक नियुक्ती, घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सबै ठप्प छन् । अब नेपाली क्रिकेटको आगामी यात्रा कस्तो होला, क्यानका योजनाहरु के छन् भन्नेलगायतका विषयमा बाह्रखरीका जितु साउँदले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग गरेको कुराकानीको सम्पादित अंशः

क्यानमा आएपछिको अवस्था कस्तो छ, अहिले क्यानले के काम गरिरहेको छ ?

क्यानले गर्नुपर्ने नियमित कामहरु, अन्तर्राष्ट्रिय सहभागितालगायत क्यान व्यवस्थापन र नियुक्तिका काम भइरहेका छन् । हामी केही राम्रो गर्ने प्रयासमा थियौं । तर, पछिल्लो चारमहिना कोरोनाभाइरसका कारण हामी तीव्र गतिमा अगाडि बढ्न सकिरहेका छैनाैं । यसले भर्खर क्रिकेटमा माथि उठिरहेको हाम्रो जस्तो देशलाई दीर्घकालीन असर पार्ने देखिन्छ । 

यस संक्रमणले विश्वभर नै असर पारेको छ । तर, विकसित देशहरुले आन्तरिक प्रयास गरिरहेका होलान् । तर, हामी विभिन्न कारणले पछि परेका छाैं । संघमा नयाँ कमिटी भर्खर आएको छ । स्थापित हुने समयमा यस्तो विपद् आइलाग्यो । हुन त हामीले शुन्यबाटै सुरु गर्नुपर्ने थियो र अबको परिस्थिति पनि त्यस्तै आएको छ । 

प्रकाशित मिति: : 2020-07-02 12:05:14

प्रतिकृया दिनुहोस्