प्रचण्डले भने- स्थायी समिति बैठक फुटको प्लेटफर्म बन्न सक्छ

'जस्तोसुकै परिस्थितिका लागि तयार रहौं'

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्। नेकपा स्थायी समितिको बिहीबारको बैठकमा प्रचण्डले पार्टी एकता गम्भीर संकटमा परेको बताएका थिए।

पार्टी स्थायी समिति बैठक चलिरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

त्यसपछि बैठक केहीबेरका लागि स्थगित गरेर प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीसँग छलफल गरेलगत्तै प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए।

प्रकाशित मिति: : 2020-07-02 20:50:39

प्रतिकृया दिनुहोस्