बैंकिङ कसूरमा फरार दुई जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार २ व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ। 

भक्तपुर ठिमीका ४१ वर्षीय राम ज्यापु र बूढानिलकण्ठ पैयुटारका ४४ वर्षीय प्रकाश बुढाथोकीलाई प्रक्राउ गरि सिआइबिले केन्द्रिय कारागार सुन्धारा पठाएको हो।

बैकिङ कसुरमा रामज्यापुलाई २०७६  भदौ २ गते उच्च अदालत पाटनले  ११ लाख ५० हजार जरिवाना र ३ दिन कैद सजाय हुने ठहर गरेको सीआईबीका प्रमुख सहकुल थापाले जानकारी दिए। 

सोही मुद्दामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका ११ पैयूँटार बस्ने ४४ वर्षीय बुढाथोकीलाई २०७६ माघ २४ गते १० लाख ५० हजार जरिवाना र सात दिन कैद सजाय हुने ठहर गरेको थियो।

सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए। 

उनीहरुले आफ्नो खातामा रकम नभएपनि जानी जानी भुक्तानीका लागि चेक काटेर दिएको सिआइबीले जनाएको छ। खातामा रकम नभएपछि राम ज्यापुलाई इन्द्र कट्टेलले चेक बाउन्सको जाहेरी दिएका थिए भने बुढाथोकीलाई निरणसिंह लामाले चेक बाउन्सको जाहेरी दिएपछि उनीहरुलाई चेक बाउन्सको मुद्दामा अदालतले जरिवाना र सजाय तोकेको थियो।

प्रकाशित मिति: : 2020-07-03 12:12:24

प्रतिकृया दिनुहोस्