मोरङमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


मोरङमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे १ बजे जहदा गाउँपालिका ३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको मृत्यु भएको हो।

 डुबेर रिक्कीको घटनास्थलमै मृत्यु भएको थियो भने  स्थानीयले दिनेशलाई उद्दार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर लगेपछि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनलाई अस्पताल पुर्‍याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए। घटनासम्बन्धी प्रहरीले अनुसन्धान थालेको छ।
 

प्रकाशित मिति: : 2020-07-03 16:02:41

प्रतिकृया दिनुहोस्