अब काठमाडौंमा कपाल काटेको डेढ सय, दाह्री काटेको दुई सय !

नेपाल नाइ संघले काठमाडौं उपत्यकामा कपाल काटेको नयाँ रेट तोकेको छ।

संघले लकडाउनले आफ्नो व्‍यवसाय मारमा परेको भन्‍दै कपाल काटेको नयाँ रेट कायम गरेको हाे। 

अब कपाल काटेको १५० र दाह्री काटेको एकसय देखि २ सय रुपैयाँ पर्ने  छ।

नाइ संघको विज्ञप्ति अनुसार अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाह्री डिजाइनिङ गरेको २५० देखि ३ सय पर्ने छ।

यस्तै टाउको मसाज गरेको २५० र सैम्पू गरेको १५० ताेकिएकाे छ।

यता फेस ब्लिच गरेको ७ सयदेखि हजार, फेसियल गरेको हजारदेखि १२ सय, रफेसवास गरेको ३५० देखि ५ सय ५० रुपैयाँ पर्ने छ।

कपाल कालो गरेको ३५० देखि ५५० सय तथा हेयर डेढ लक गरेको १२ देखि २५ हजारसम्म तिर्नुपर्नेछ।

प्रकाशित मिति: : 2020-07-04 22:05:16

प्रतिकृया दिनुहोस्