नेपाल कोरोना संक्रमणको ६१औं वरियतामा : १५,४९१ संक्रमित, ३४ को मृत्यु

नेपाल कोरोना संक्रमणको विश्व वरियतामा पुन: एक स्थान तल झर्दै ६१औं स्थानमै आइपुगेको छ। 

नेपालभन्दा नौजना बढी कोरोना संक्रमित भएको अल्जेरिया ६०औं स्थानमा उक्लेपछि नेपाल एक स्थान तल झरेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा २३२ नयाँ कोरोना संक्रमित भेटिएपछि कुल कोरोना संक्रमितको संख्या १५,४९१ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो तथ्यांकको पुष्टी गरेका हुन्।  

उनका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३४ पुगेको छ। शनिबार थप २ जनाको मृत्यु भएपछि मृतक संख्या ३४ पुगेको हो। 

यसैगरी पछिल्लो २४ घण्टामा थप २७२ निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ। 

प्रकाशित मिति: : 2020-07-05 00:15:43

प्रतिकृया दिनुहोस्