नेकपा वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ।

वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा आइतबार राति भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरेका छन्। भेटमा के विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन।

नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला भएको नेपाल र राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2020-07-05 23:21:06

प्रतिकृया दिनुहोस्