लमजुङ र बागलुङमा थपिए १६ काेराेना संक्रमित

गण्डकीमा साेमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षीय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको हाे।

लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेँशीसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन्। 

यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित रहेका छन्।

 १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन्। 

१३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन्। 

पछिल्लो अपडेटअनुसार गण्डकीमा निको भएर घर फर्किनको संख्या २ सय ७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन्। 
 

प्रकाशित मिति: : 2020-07-06 15:44:42

प्रतिकृया दिनुहोस्