थप १८० जनामा कोरोना संक्रमण पुष्टि, २६४ डिस्चार्ज

कोरोना अपडेटः थप १८० संक्रमित, २६४ डिस्चार्ज र एकको मृत्यु

पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन्।

योसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण भएको छ।

हालसम्म २ लाख ५५ हजार बढीको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ। यो सँगै कुल मृतको संख्या ३५ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-06 16:27:04

प्रतिकृया दिनुहोस्