टिकटक बन्द हुँदा भारतमा अर्की १८ वर्षीय युवतीले गरिन् आत्महत्या

भारत सरकारले गत साता टिकटक प्रतिबन्ध गरेपछि एक १८ वर्षीय युवतीले आत्महत्या गरेकी छिन्।

दिल्ली विश्वविद्यालयमा अध्यनरत ती युवतीको टिकटकमा राम्रो फ्यान फलोअर्स थिए।

आइतबार उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। टाइम्स अफ इन्डियाका अनुसार युवतीको कोठाबाट सुसाइट नोट फेला परेको थियो। टिकटक बन्द हुँदा उनी डिप्रेसनमा थिइन्।

युवतीको परिवारले उनको निधनको खबर प्रहरीलाई गरेको थियो। प्रहरी रिपोर्टका अनुसार उनी दुई–तीन महिनादेखि डिप्रेसनमा थिइन्।

केही दिनअघि मात्र सिया कक्कड नाम गरेकी युवतीले पनि टिकटकका कारण आत्महत्या गरेकी थिइन्।

१६ वर्षीय सियाले सोशल मिडियामा आफ्नो डान्स अपलोड गरेर आत्महत्या गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-07-06 21:55:04

प्रतिकृया दिनुहोस्