गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस

समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टीकी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ। 

गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी थिइन्। 

विधेयक दर्ता गराएपछि उनको चौतर्फी आलोचना भएपछि पार्टीले उनकाे गतिविधिबारे छानविन गर्न महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको हाे। 

यसबारे अहिले पार्टीको पदाधिकारी बैठकमा छलफल भएको छ। त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन।

पार्टीले उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको ठहर गरेको छ। 

सांसद गिरीले संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको थियाे। दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक पास गरेकाे थियाे।

उनका अनुसार भारतलाई नसोधी नक्सा प्रकाशन गर्न पाइदैन। उनले कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताइरहेकी छिन्। 

प्रकाशित मिति: : 2020-07-07 15:32:04

प्रतिकृया दिनुहोस्