नेपालका ५ जिल्ला कोरोनामुक्त

नेपालका ७७ मध्ये ५ जिल्ला कोरोनामुक्त जिल्ला भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोनामुक्त भएका छन्।

यहाँ संक्रमित सबै बिरामीहरू निको भएर घर फर्किएका छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार धनकुटामा संक्रमित फेला परेका ९ जना, भोजपुरमा ६ जना, तेह्रथुममा ५ जना, सोलुखुम्बु र हुम्लामा २-२ जना र मुस्ताङमा १ जना थिए।

प्रकाशित मिति: : 2020-07-08 16:37:04

प्रतिकृया दिनुहोस्