एकनाले भरुवा बन्दूकसहित दुईजना पक्राउ

नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुईजना पक्राउ परेका छन् । 

तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई बुधबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-07-08 19:36:36

प्रतिकृया दिनुहोस्