मन्त्रीपरिषद् बैठक लगत्तै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

एजेन्सी

काठमाडाैं

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ।

मन्त्रीपरिषद्को साप्ताहिक बैठकको क्रममा कोलाबाली बिरामी परेपछि अस्पताल लगिएको थियाे। उनको अस्पतालमै निधन भएको हो। 

सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो। ६१ वर्षका कोलाबाली गएको मे २ मा उपचारका लागि फ्रान्स गएका थिए र दुईमहिनापछि हालै स्वदेश फर्किएका थिए।

उनलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा पनि गरेको थियो।

उनी राष्ट्रपति चुनाव जित्ने प्रवल सम्भावना भएका उम्मेदवार ठानिएको थियो।

उनको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चितता पैदा गरेको छ। 

राष्ट्रपति एलासानी ओटाराले उनकाे निधनले देश शोकमा रहेको बताएका छन्।  
 

प्रकाशित मिति: : 2020-07-09 07:31:41

प्रतिकृया दिनुहोस्