बाह्रबिसेमा बाढीले १५ घर बगाउँदा २ जनाकाे मृत्यु, १८ जना बेपत्ता

बिएल संवाददाता

सिन्धुपाल्चाेक

गएरातिदेखिको अविरल वर्षालेसँगै गएको बाटीले बाह्रबिसे नगरपालिकामा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन्। 

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाका अनुसार बाह्रबिसे नगरपालिका ५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएँदा  २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो ।

खागदल र आधीखोलामा आएको बाढीले  केही व्यक्ति सम्पर्कविहीन भएकाे उनले बिएल नेपाली सेवालाई जानकारी दिए। यस्तै भोटेकोसी गाउँपालिका ५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ ।

उनका अनुसार बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ। अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इलाका प्रहरी चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएकाे छ। यस्तै बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेकाे छ।

उद्धारकाे लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्ने क्रममा रहेका छन्। तर उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

उनका अनुसार घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2020-07-09 07:52:42

प्रतिकृया दिनुहोस्