भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ

एजेन्सी

काठमाडौं

भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन्। मध्यप्रदेशको उज्जैनबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिबिसीका अनुसार मध्यप्रदेशका गृह मन्त्री नरोत्तम मिश्रले दुबे पक्राउको पुष्टि गरेका हुन्। मध्यप्रदेश प्रहरीको ठूलो सफलता भएको मन्त्री मिश्रले बताएका छन्।

दुबेलाई उज्जैनस्थित महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्यप्रदेश प्रहरीलाई बुझाएको जनाइएको छ। 

दुवेलाई भारतीय प्रहरीले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको छ। उनलाई पक्रन जाने क्रममा प्रहरीहरूको हत्या भएको थियो।

प्रकाशित मिति: : 2020-07-09 10:54:26

प्रतिकृया दिनुहोस्