साउन ७ गतेसम्म बिजुलीको महसुल तिरे जरिवाना नलाग्ने

नेपाल विद्युत प्राधिकरणले साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने बताएको छ।  लकडाउन अवधि चैत, वैशाख, जेठ र असारको विजुलीको बिल भुक्तानी गरे जरीवाना नलाग्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो।

सरकारले अहिले आंशिक लकडाउन गरेको छ। यस्तै प्रकृत्तिको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिइएको छ। सबै खालका ग्राहकले साउन सातभित्र महसुल तिरेमा जरीवाना नलाग्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-09 12:34:41

प्रतिकृया दिनुहोस्