जगदीपको निधनमा अमिताभले लेखे, ‘हामीले अर्को नगीना गुमायौं।’

एजेन्सी

मुम्बई

भारतीय सिनेमाको चर्चित फिल्म ‘शोले’ लाई जीवन्त बनाउन सानै रोलमा पनि प्रभावशाली एक्टिङ गरेका जगदीपको निधनले बलिउडका सुपरस्टार अमिताभ बच्चनलाई भावुक तुल्याएको छ। 

अमिताभसँग जगदीपले लामो समय तथा धेरै फिल्ममा अभिनय गरेका थिए। उनले ६० वर्ष लामो फिल्मी करिअरमा अनगिन्ति यादगार अभिनय गरेका छन्। 

बिग बीले जगदीपको निधनमा दुःख मनाउ गर्दै लेखेका छन्, ‘गत राती हामीले अर्को नगीनालाई गुमायौं।

जगदीप हास्य विदामा अदभूत क्षमता भएका कलाकार थिए। उनको निधन भएको छ। अभिनयमा उनको विलक्षण प्रतिभा थियो। मलाई केही फिल्ममा उनीसँग काम गर्ने मौका जुर्यो। उनीसँग मेरो फिल्म शोले र शहंशाहलाई धेरैले याद गर्छन।’

अमिताभले जगदीप विनम्र स्वभावका व्यक्ति भएको बताए। 

जगदीपको वास्तविक नाम सैयद इश्तियाक जाफरी हो। अमिताभ लेख्छन्, ‘जगदीप, स्क्रिनमा यो नाम राख्नु आफैमा गरिमामय कुरा थियो। यसले देशभित्र विभिन्नतामा एकताको भावनालाइ उजागर गर्छ। त्यो बेला थुप्रै व्यक्तिले यस्तो काम गरेका थिए। विशेषत दीलिप कुमार, मधुबाला, मीना कुमारी, जयन्त (अमजद खानका बुवा)।’

अमिताभले सन् १९८८ मा जगदीपले निर्देशन गरेको फिल्म ‘सुरमा भोपाली’ मा पनि गेस्टको भूमिका निर्वाह गरेका थिए। जगदीपको ८१ वर्षको उमेरमा ८ जुलाईमा भयो। जगदीपले ४ सय बढी फिल्ममा अभिनय गरेका छन्। 

उनले बीआर चोपडाको फिल्म ‘अफसाना’ मा बाल कलाकारको रूपमा करिअरको सुरुवात गरेका थिए।

यसमा ‘दो बिघा जमिन’, ‘आर पार’, ‘खिलौना’ र ‘तीन बहुरानिया’ पनि समावेश छ। 

उनलाई जोनी वाकर र महमुदपछि ‘कमिक आइकन’ को रूपमा हेरिन्छ।

प्रकाशित मिति: : 2020-07-09 18:06:30

प्रतिकृया दिनुहोस्