तत्काल सार्वजनिक सवारी नचल्ने, राहत नदिए आन्दोलनमा जाने व्यवसायीकाे चेतावनी

सरकारले बिहीबार छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि तत्काल नचल्ने भएको छन्।

सरकारले लामो समयदेखि बन्द रहेको सार्वजनिक यातायात राहत प्याकेज बिनै सञ्चालन गर्न लागेको भन्दै तत्काल नचलाउने यातायात व्यवसायीले निर्णय गरेका छन्।

लामो समयसम्म बन्द रहेको सार्वजनिक यातायात सञ्चालन गर्दासम्म सरकारले कुनै राहत प्याकेज बिना सञ्चालन गर्ने निर्णय गरेको र आफूहरूको माग सम्बोधन नभएको भन्दै व्यवसायीले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेर यातायात ठप्प पार्ने जनाएका हुन्।

सार्वजनिक यातायात ठप्प पार्ने तथा आन्दोलनका कार्यक्रमसम्बन्धी घोषणा गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघले आजै शुक्रबार पत्रकार सम्मेलन गर्ने जनाएको छ।

साढै तीन महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा आर्थिक समस्या भएको र सरकारले अन्य क्षेत्रलाई राहत उपलब्ध गराए पनि यातायात क्षेत्रलाई उपेक्षा गरेको व्यवसायीहरूको गुनासो छ।

व्यवसायीहरूले बैंकको किस्ता समयावधि थप, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, वार्षिक कर, रुट परमिट, नवीकरण, जाँचपास अवधि थप गर्नुपर्ने, चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने लगायतका माग राखेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारले यातायात क्षेत्रलाई उपेक्षा गरेको र अहिलेसम्म कुनै सहयोग उपलब्ध नगराएको भन्दै यातायात ठप्प पारी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो।

प्रकाशित मिति: : 2020-07-10 11:53:32

प्रतिकृया दिनुहोस्