पटक-पटक काम अलपत्र पार्ने पप्पु फेरि कालोसूचीमा

हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिइ समयमा काम नगर्ने निर्माण व्यवसायीका रुपमा परिचित पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको हो।

अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एकवर्षसम्म कालोसूचीमा राखिएको छ ।

पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो । हाल पप्पु कन्सट्रक्सनका मुख्य व्यक्तिका रुपमा सुमित रौनियार छन् ।

सुमितका पिता एवम् पप्पुका मालिक हरिनारायण रौनियार विभिन्न आयोजनाको ठेक्कामा कालोसूचीमा परेपछि कानूनी छिद्र खोज्दै सुमितले जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति: : 2020-07-10 16:06:50

प्रतिकृया दिनुहोस्