एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित

एजेन्सी

काठमाडौं

यही सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित भएको निर्णय गरेको हो । 

कोरोना भाइरस महामारीका कारण प्रतियोगिता जुन २०२१ सम्मका लागि स्थगित गरिएको एसीसीले जनाएको छ।

“हामी एसिया कप क्रिकेटको आयोजना निर्धारित मितिमै गर्न चाहन्थ्यौं । तर, छनोट प्रतियोगिता, हेल्थ रिस्क र समाजिक दूरीको समस्यालाई ध्यानमा राख्दै हामीले एसिया कप एक वर्षका लागि स्थगित गरेका छौ,” एसीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ, “हामी आशा गरौं, अर्को वर्ष जुनमा एसिया कप क्रिकेटको गर्न सक्नेछौं ।”

यसअघि पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कपको होस्टिङ राइट्स पाकिस्तान क्रिकेट बोर्डले श्रीलंका क्रिकेट बोर्डलाई सुम्पिएको थियो । अब अर्को वर्ष आयोजना हुने एसिया कप श्रीलंकामा हुनेछ ।

पछिल्लो पटक एसिया कपको आयोजना २०१८ मा युएईमा भएको थियो । 

प्रकाशित मिति: : 2020-07-10 17:16:08

प्रतिकृया दिनुहोस्