‘व्यवसायीले गाडी बाहिर निकाले हामी चलाउन तयार छौँ’

रातोपाटी

काठमाडौँ

 

शंकर अर्याल

 सरकारले छोटो दूरीका सवारीसाधनको सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने बताएको छ । लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यस्तै अन्य यातायात व्यवसायीले पनि सवारीसाधन चलाउन चासो देखाएका छैनन् । 

लकडाउनको १०९ दिनपछि सवारीसाधन खुल्दा स्वतस्फूर्त रुपमा निस्किनुपर्ने थियो । तर, त्यसको ठीक विपरित कोही पनि गाडी निकाल्न तयार भएनन् ।  आखिर किन त ? सार्वजनिक सवारीमा त्यस्तो के समस्या छ, जसले गर्दा बाहिर निस्किन सकिरहेका छैनन् ? हामीले यातायात क्षेत्रका मजदूर नेताहरुसँग यसबारे कुरा गरेका छौंः 

 

प्रकाशित मिति: : 2020-07-11 20:37:59

प्रतिकृया दिनुहोस्