कोरोना रोकथाममा सरकार संवेदनशील नभएको भन्दै सर्बियामा हिंसात्मक प्रदर्शन

एजेन्सी

बेलग्रेड

कोरोना संक्रमण रोकथाममा राज्यबाट चरम लापरवाही भएको भन्दै सर्बियाको राजधानी बेलग्रेडमा हिंसात्मक प्रदर्शन भएको छ। 

सरकार कोरोना संक्रमणप्रति संवेदनशील नभएको भन्दै लकडाउनका बीच राजधानी बेलग्रेडलगायत देशको अन्य ठूला शहरमा चौथो दिन पनि प्रदर्शन जारी रह्यो। 

शनिबार प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड भएको थियो। सर्बियामा हाल कोरोनाको १७ हजार संक्रमित देखिएका छन्, जसमा ३ सय ७० जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-07-12 07:59:07

प्रतिकृया दिनुहोस्