जापानमा भएका ६० अमेरिकी सैनिकलाई कोरोना संक्रमण

एजेन्सी

टोकियो

जापानको ओकिनावा द्धीपमा ६० भन्दा बढी अमेरिकी नौ सेनाका जवानहरू कोरोना संक्रमित भेटिएका छन्। 

दोस्रो विश्व युद्धपछि अमेरिकाले ओकिनावा द्धीपमा आफ्नो सेना राख्दै आएको छ। यहाँ भएका सेना कोरोना संक्रमित भएको जानकारी अधिकारीहरूले आइतबार दिएका हुन्।

ओकिनावाका गर्भनरले अमेरिकी कमाण्डरलाई संक्रमण रोक्न कडा कदम उठाउन माग गरेका छन्। जापान तुलनात्मक रूपमा अन्य देशभन्दा कम कोरोना प्रभावित देश हो। जापानमा २२ हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन्, जसमा ९ सय ८२ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-07-12 15:15:06

प्रतिकृया दिनुहोस्