अमेरिकापछि ब्राजिलमा पनि सुरक्षाकर्मीले अश्वेत महिलालाई घाटी थिचेको घटना सार्वजनिक

एजेन्सी

रियो दि जेनेरो

अमेरिकापछि ब्राजिलमा उस्तै तरिकाले सुरक्षाकर्मीले एक अश्वेत महिलाको घाटी थिचेको भिडियो सार्वजनिक भएको छ। प्रहरीको ज्यादतीका कारण महिलाको घाटीको हड्डी भाँचिएको र उनलाई १६ टाँका लगाउनु परेको थियो। 

घटना ३० मेको भएको ब्राजिली मिडियाले सार्वजनिक गरेका छन्। पीडित महिला ५ केटाकेटीको आमा रहेको बताइएको छ। 

अमेरिकामा २५ मेमा अमेरिकी प्रहरीको ज्यादती सहन नसकेर एक अश्वेत जर्ज फ्लोयडको निधन भएको थियो। 

घटनाको भिडियो भाइरल भएपछि साओ पाउलोका गर्भनर जोआओ डोरियाले दुई प्रहरीलाई निलम्बित गरेका छन्। उनले यस्तो किसिमको घटना सहन गर्न नसकिने स्पष्ट पारेका छन्। 

गर्भनरले शहरमा रहेका २ हजार सुरक्षाकर्मीको शरीरमा क्यामरा फिट गर्न आदेश दिएका छन्। 

अमेरिकाको मिनेपोलिस शहरका प्रहरीले २५ मेमा फ्लोयडलाई अफ्रिकन–अमेरिकन ग्रोसरी स्टोरमा लुटपाट गरेको आरोपमा पक्राउ गरेको थियो।

फ्लोयडलाई प्रहरी अधिकारी डेरेक चोवेनले भुईमा सुताएर ८ मिनेट ४६ सेकेन्डसम्म घुडाले उनको गर्दन थिचेका थिए। यो घटनामा फ्लोयडको निधन भएको थियो। यो घटनापछि विश्वभरि ट्रम्प प्रशासनको विरोध गर्दै नारा जुलुस भएको थियो।
 

प्रकाशित मिति: : 2020-07-15 11:55:30

प्रतिकृया दिनुहोस्