२० वर्षपछि वेष्ट इन्डिजका बलर लयमा 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको टेस्टको वरियतामा वेष्ट इन्डिजका जेसन होल्डर बलिङमा दोस्रो नम्बरमा उक्लिएका छन्।

उनको करिअरको यो उत्कृष्ट वरियता हो। टिम कप्तान रहेका होल्डरले इंग्ल्याण्डविरूद्ध पहिलो टेस्टमा ७ विकेट लिएका थिए। पहिलो नम्बरमा अस्ट्रेलियाका पेट कमिन्स छन्। 

होल्डर ८ सय ६२ अंकका साथ दोस्रो स्थानमा छन्। उनी २० वर्षको अवधिमा सबैभन्दा राम्रो अंक प्राप्त गर्ने वेष्ट इन्डिजका बलर हुन्। यसअघि सन् २००० मा कर्टनी वाल्सले ८ सय ६६ अंक प्राप्त गरेका थिए। 

होल्डर विश्वको नम्बर एक अलराउण्डर पनि हुन्। ब्याटिङमा अस्ट्रेलियाका स्टिभ स्मिथ पहिलो र भारतीय कप्तान विराट कोहली दोस्रो नम्बरमा छन्।

प्रकाशित मिति: : 2020-07-15 13:31:20

प्रतिकृया दिनुहोस्