इन्डोनेसियामा बाढीबाट १६ को मृत्यु, २३ बेपत्ता

एजेन्सी

जाकार्ता

इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । 

यस बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।  बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् । 

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा  बाढी आएको बताइएको छ । कैयौ भवन, सडक र केही गाउँ समेत बाढीको डुबान परेको सो इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन्  । 

प्रकाशित मिति: : 2020-07-15 17:29:10

प्रतिकृया दिनुहोस्