भारतको सन्त समाजले भन्यो– प्रधानमन्त्री ओली नेपाल–भारत हिन्दु समाजको मानमर्दन गर्दैछन्

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मथलो नेपालमै भएको र भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको नयाँ तथ्य प्रस्तुत गरेपछि भारतमा चरम असन्तुष्टी देखिएको छ। 

यहाँका हिन्दुवादी संगठन तथा सन्त समाजले अयोध्याको तथ्यलाई बंग्याएर प्रधानमन्त्री ओलीले सांस्कृतिक अत्याचार गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीको भनाई प्रति सबैभन्दा ठूलो आक्रोस अयोध्याका सन्तहरूले पोखेका छन्।  

उनीहरूले नेपालको प्रधानमन्त्री चीनको प्रभावमा परेको र नेपाल–भारतको सदियौंदेखिको  सांस्कृतिक सम्बन्धलाई चोट पु¥याएको आरोप लगाएका छन्। 

रामनगरी


भारतको सर्वोच्च अदालतले हालै मात्र अढाई सय वर्ष पुरानो विवादको अन्त्य गर्दै भगवान रामको जन्मथलो अयोध्या भएको फैसला सुनाएको थियो र वर्षोदेखि विवादास्पद रहेको राम जन्मभूमि–बाबरी मस्जिद क्षेत्रमा मन्दिर बनाउन स्विकृति प्रदान गरेको थियो। 

सर्वोच्च अदालतले फैसलामा अथर्ववेदको ‘अस्टचक्रा नवद्धारा देवानां पुरयोध्या’ श्लोकलाई उल्लेख गरेको छ। 

अयोध्याको सबैभन्दा पुरानो दिगम्बर अखाडाका महन्त सुरेश दासले भने, ‘हाम्रो गुरु महाराज परमहंस रामचन्द्रदासले रामललाको जन्मभूमिलाई मुक्त गर्न कठोर संघर्ष गर्नुपर्यो। जिल्ला अदालतदेखि उच्च अदालतसम्म अकाट्य तर्क प्रस्तुत गर्नुभयो। सबै लेखक र पत्रकारहरू उहाँको अगाडि निरुत्तर हुन्थे। सर्वोच्च अदालतले पनि इलाहाबाद उच्च अदालतका न्यायाधीस सुधीर अग्रवालको फैसलालाई उल्लेख गर्दै यो मुद्धामा दिगम्बर अखाडाको तर्फबाट प्रस्तुत गरेको सबै प्रमाण र तथ्यलाई स्विकार गरेको छ।’

यस्तै जगद्गुरु रामानन्दाचार्य स्वामी हर्याचार्यले प्रमाणको रूपमा स्कन्द पुराणको अयोध्या महात्म्यलाई उल्लेख गरे र भने, ‘लोमश ऋषिको आश्रम अझैं राम जन्मभूमिको पूर्वमा भेटिन्छ। उच्च अदालतदेखि सर्वोच्च अदालतसम्मले जगद्गुरु रामनन्दाचार्य सवामी रामभद्राचार्यको तर्कलाई उचित ठहर गर्दै बाबरी मस्जिद भएको ठाउँमै राम भगवानको जन्म भएको बताएको छ।’

राम जन्मभूमि–बाबरी मस्जिदको विवादमा अदालतमा बयान दिएका स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीले स्कन्द पुराणलाई उल्लेख गर्दै भनेका थिए, अयोध्या प्रवासमा हुँदा राम जन्मस्थानको दर्शन गरेको थिए। 

यहाँ बेलायती अधिकारी सर एडवर्डले सन् १९०१–०२ मा राखेको ५–६ वटा शिलालेख पनि भेटिएको थियो। यो शिलालेख राम जन्मभूमिदेखि ठूलो ठाउँ, राम जन्मभूमि , पिन्डार्क, लोमश, विघ्नेश र वशिष्ठ कुण्डमा राखिएको थियो।

 महन्त नृत्यगोपाल दास


अधिवक्ता पीएन मिश्रका अनुसार सर्वोच्च अदालतले अकाट्य तर्क, साक्षी र देश–विदेशमा तत्कालीन लेखकले आफ्नो पुस्तकमा उल्लेख गरेको कुरालाई अध्ययन गरेर बाबरी मस्जिद भएको ठाउँलाई राम जन्मभूमि भएको फैसला सुनाएको हो।  

विश्व हिन्दु परिषद्का कार्यकारी अध्यक्ष आलोक कुमारले प्रधानमन्त्री ओलीको भनाई नेपाल र भारतको धर्मनिष्ठ हिन्दु समाजको अटुट सम्बन्धलाई तोड्ने उद्देश्यले आएको बताए र उनले दुई देशका हिन्दु समाजको सम्बन्ध तोड्न नसक्ने स्पष्ट पारे।

‘अयोध्या त्यही छ, जुन विश्वलाई थाहा छ। हरेक वर्ष श्रीरामको जन्ती नेपालको जनकपुर जाने गर्छ। यसैले अयोध्यालाई लिएर भ्रम फैलाउन सम्भव छैन। यो कुनै विदेशीले उस्काएर भनिएको होला,’आलोक कुमारले भने। 

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासले नेपाल–भारतको सम्बन्ध अटुट रहेको र कसैले चाहेर पनि नस्ट नहुने बताए। 

प्रधानमन्त्रीको भनाई प्रति अयोध्याको मुस्लिम समाजले पनि असन्तोष व्यक्त गरेको छ। बाबरी मस्जिद मुद्धामा सक्रिय भूमिका निर्वाह गरेका इकबाल अन्सारीले श्रीरामको सेवक हुनमानलाई रिस उठेको खण्डमा नेपाल भन्ने देश नक्साबाटै हराउने आक्रोस पोखे। 

यस्तै, शिया धर्मगुरु मौलाना सैफ अब्बास र शिया वक्फ बोर्डका पूर्व अध्यक्ष वसीम रिजवीले प्रधानमन्त्री ओलीको भनाईको निन्दा गरेका छन्। उनले चीन र पाकिस्तान कसैको साथी नहुने भन्दै नेपाललाई ‘टिश्यु पेपर’ जस्तै प्रयोग गरिरहेको आरोप लगाए। 

यस्तै केही इतिहासविद्ले सन् १८१६ को सुगौली सन्धिपछि राजा जनकको नगरी जनकपुर नेपालमा गाभिएको,त्यसअघि भारतकै अंग रहेको कूतर्कसमेत गरेका छन्।
 

प्रकाशित मिति: : 2020-07-15 20:15:23

प्रतिकृया दिनुहोस्