डिआइजी निरज शाही र प्रद्युम्न कार्की एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा दुई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवा सिफारिस भएका छन्। 

गृह मन्त्रालयमा बसेकाे बढुवा समितिको बैठकले रिक्त दुई एआइजीको लागि डीआईजीद्वय निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की सिफारिस गरेकाे हाे। 

बढुवाका लागि डीआइजीहरु शाही, कार्की र विश्वराज पोख्रेललाई दाबेदारका रुपमा हेरिएको थियाे। शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन्।  

पोख्रेल उनीहरुभन्दा पछाडी भर्ती भएका र डीआइजीमा पनि पछाडी नै बढुवा भएका हुन्। बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव, गृह सचिव र आईजीपी रहन्छन्। 

शैलेश थापा क्षेत्री आइजीपीमा बढुवा भएपछि र अर्का एआइजी तारिणीप्रसाद लम्सालले अवकास पाएपछि गत असार २५ गतेदेखि तीन मध्ये दुई एआइजी पद रिक्त रहेका थिए।

प्रकाशित मिति: : 2020-07-15 21:33:45

प्रतिकृया दिनुहोस्