आर्सनलसँग लिभरपुल स्तब्ध, कीर्तिमानी अंक बनाउने सपना गुम्याे

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा  लिभरपुल पराजित भएकाे छ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले च्याम्पियन लिभरपुललाई २–१ गाेल अन्तरले पराजित गरेको हो।

लिभरपुलले सुरुवाति अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। २० औँ साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लिएकाे थियाे।

तर ३२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले आर्सनलका लागि बराबरी गोल गरे। ४४ औँ मिनेटमा नेलसनले गोल गरेर आर्सनललाई २–१ को जित दिलाए।

इंग्लिस प्रिमियर लिग फुटबलको एकै सिजनमा सर्वाधिक अंक बनाउने कीर्तिमान कायम गर्ने लिभरपुलको सपना पूरा नहुने भएको छ। लिभरपुल लिगमा म्यान्चेस्टर सिटीले बनाएकाे १०० अंककाे आँकडा ताेड्ने प्रयासमा थियाे।

हारपछि लिभरपुलको ३६ खेलबाट ९३ अंक छ। जित निकालेको आर्सनल ३६ खेलबाट ५३ अंकसहित नवौँ स्थानमा छ।

प्रकाशित मिति: : 2020-07-16 06:48:22

प्रतिकृया दिनुहोस्