ह्याकरले ट्रम्पकाे अकाउन्ट ह्याक नगरेपछि बाइडेनले अकाउन्ट बन्द गरे

बिएल संवाददाता

सानफ्रान्सिस्को

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट बन्द गरेका छन्।

बुधबार राति एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्ट ह्याक भएका थिए।

लगत्तै उनले चुनावी अभियानकाे क्रममा अकाउन्ट ह्याक हुनु गम्भिर विषय भएकाे बताउँदै ट्वीटर बन्द गरेकाे जानकारी दिएका हुन्। 

‘ह्याकरले के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा जानकारी छैन। त्यसैले म यो बन्द गर्छु,’ उनले भनेका छन्।

यता ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन। उनका करिब आठ करोड ३० लाख फलोअर्स छन्। 

ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव

बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्वीटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ। 

अमेरिकी सञ्चार माध्यम भाइसले ट्वीटरका कर्मचारीकै लापरवाहीका कारण ह्याकरहरु ट्वीटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताइरहदा उनले उक्त प्रस्ताव सार्वजनिक गरेका हुन्।

ट्वीटरमाथि विगतमा पनि ह्याकरहरुले आक्रमणको प्रयास गरेका थिए। ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्वीटरका कर्मचारीलाई रकम दिएको बताएका छन्।

मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बिबिसीको उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए। यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो।

गत अगस्टमा पनि ट्वीटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उनको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरु शृंखलाबद्ध रुपमा प्रवाहित भएका थिए। 

प्रकाशित मिति: : 2020-07-16 14:54:06

प्रतिकृया दिनुहोस्