नेल्सन मण्डेलाकी छोरीको मृत्यु, कोरोना संक्रमण पुष्टि

एजेन्सी

काठमाडाैं

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ।

५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्धमन्त्री नालेडा पान्डोरले पुष्टि गरेका हुन्।  

जिन्द्जी नेल्सन मण्डेला र उनकी दोस्रो श्रीमती विनी माडिकिजेलाकी कान्छी छोरी हुन्। उनको जोहानेसबर्ग अस्पतालमा आइतबार राति निधन भएको थियो।  

मृत्युपछि उनी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित रहेको पुष्टि भएको छ।

उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन्। 

तकोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेकाे उनले बताएका छन्। साथै उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिने बताएका छन्।

स्मरण रहाेस् जिन्द्जी डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूतसमेत थिइन्। उनले दक्षिण अफ्रिकी सामाजिक, राजनीतिक र आर्थिक विषयहरुमा वकलात गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-07-16 18:22:08

प्रतिकृया दिनुहोस्