सुदीप आचार्यको नेतृत्वमा डिजिटल टीभी अपरेटरद्वारा छुट्टै एसोसिएसन स्थापना (भिडियो)

डिजिटल टीभी अपरेटरले छुट्टै एसोसिएन खोलेका छन्। अपरेटरहरूले  ‘डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल’ नामक संस्था दर्ता हुन लागेको जानकारी गराए।

एसोसिएसनको अध्यक्षमा डिशहोमका कार्यकारी अधिकृत सुदीप आचार्य चयन भएको संस्थाले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गरायो।

नयाँ संस्थाको आवश्यकता महशुस भएको भन्दै मल्टी सर्भिस अपरेटरहरुले संस्था खोलेको जानकारी गराए।

संस्थाका अध्यक्ष सुदीप आचार्यले डिजिटल टीभीमा नयाँ चुनौती देखिएकाले डिजिटल अपरेटरहरुको छुट्टै संस्था आवश्यक रहेको बताए।

भारतीय न्युज च्यानलहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध जथाभावी समाचार सम्प्रेषण गर्दा हामीले के गर्ने द्विविधा भएको भन्दै आचार्यले डिजिटल अपरेटरको छुट्टै संस्था हुँदा कुनै पनि निर्णय गर्न सजिलो हुने बताए।

आचार्यका अनुसार संस्थामा डिसहोम, म्याक्स टिभी, भायोनेट टीभी, प्रभु टीभी, क्लियर टीभी, सुबिसुलगायत छन्।

उनले संस्थाले डिजिटल अपरेटरहरुको हकहितको लागि काम गर्ने बताए।

केवल अपरेटरहरुको संस्था भए पनि त्यसको आफ्नै महत्व रहेको भन्दै उनले मल्टी सर्भिस अपरेटर (एमएसओ) हरुको भूमिका फरक भएकाले छुट्टै संस्था स्थापना गर्नुपरेको आवश्यकता औल्याए।

नेपालको विरुद्ध अफवाह फैलाउने एबीपी, आजतक, इन्डिया टिभी र जी न्युज सरकारको सल्लाहमा बन्द गरिएको समेत जानकारी गराइएको थियो।

प्रकाशित मिति: : 2020-07-17 16:17:40

प्रतिकृया दिनुहोस्