बिना हल्लाखल्ला ‘बकिङ्घम प्यालेस’ मा विवाह

बेलायतको राजमहलमा राजकुमारी बिट्रिसको विवाह हल्लाखल्ला नगरि निकै शान्त वातावरणमा सम्पन्न भएको छ। 

कोरोना भाइरसले बेलायतमा ठूलो प्रभाव पारेको थियो। यसै बीच भएको विवाह समारोहमा महारानी एलिजावेथ द्धितिय पनि सहभागी थिइन्। 

राजकुमारी बिट्रिस महारानी एलिजाबेथकी नातिनी तथा प्रिन्स एन्ड्रयु र योर्ककी डचेज साराको छोरी हुन्। विवाह शुक्रबार बकिङ्घम प्यालेसमा भएको थियो। तर, यसको पुष्टी शनिबार भएको छ। विवाह सरकारी नियममा बसेर पुरा भएको बताइएको छ। 

पछिल्लो दुई वर्षमा बेलायतको राजपरिवारमा यो चौथो विवाह हो। यसअघि राजकुमारी युजिनी, ड्युक एण्ड डचेज अफ ससेक्स र लेडी ग्याब्रिएला विन्डसरको विवाह भएको थियो। यी सबै विवाह विन्डसर क्यासलमा सेन्ट जर्ज च्यापलमा भएको थियो। 

राजकुमारी बिट्रिसको विवाह दुई पल्ट सरेको हो। गत मार्च र मे महिनामा विवाहको समय लम्बिएको थियो। बिट्रिसले मेपेली मोज्जीसँग विवाह गरेकी हुन्। उनीहरू लामो समयदेखि चिनजानमा थिए। 

दुबैको कुरा गत वर्षको सेप्टेम्बरमा छिनिएको थियो। मोज्जीको यसअघि नै पहिलो श्रीमतीबाट दुई वर्षको छोरा छ। इटालीमा बसोबास गर्ने मोज्जी रियल इस्टेट कम्पनी बान्डाका निर्देशक हुन्।

प्रकाशित मिति: : 2020-07-18 17:30:51

प्रतिकृया दिनुहोस्