इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

एजेन्सी

इस्लामावाद

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गरेका छन्। 

प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गरेका हुन्। मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उहाँले पाकिस्तानका सबै देशबासीलाई आग्रह गरेका हुन्। 

उनले इदको समयमा यो भाइरसबाट बच्नका लागि यहाँका नागरिकले सरलता अपनाउनुपर्ने, बढी भीडभाड र तडक भडक गर्न नहुने भन्दै सबै पाकिस्तानी जनतालाई यसका लागि आग्रह गरेका हुन्।  
  
उनले गत मे महिनामा मनाइएको रामजानका बेलामा धेरै नागरिकले मुखमा मास्क पनि नलगाएका र निकै ठूलो संख्यामा भीडभाडका साथ उपस्थिति हुने गरेका भन्दै यसका कारण संक्रमण बढेको तर्फ सबैले सोच्नुपर्ने बताए। 

त्यसैले आगामी इद पर्वका बेलामा पनि सबै नागरिकले सामान्य जीवन शैली र सरलताका माध्यमबाट पर्व मनाउने तर्फ लाग्नुपर्नेमा आग्रह गरेको सो समाचारमा उल्लेख गरिएको छ।
 
पकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ। त्यस कारण पनि विश्व स्वास्थ्य संगठनले पाकिस्तानमा नयाँ ढंगको लकडाउन नै अपनाउनुपर्ने सुझाव पनि यसअघि देखि नै दिँदै आएको बताइएको छ। 

यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री खानले पनि शुक्रबार सो आग्रह गर्नुभएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको भन्दै ती देशहरुमा लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएको हो। 

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ। ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको सो संगठनले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-18 22:11:36

प्रतिकृया दिनुहोस्