गथांमुगःमा किन गरिन्छ भूतको पूजा ?

हिमाल खबर

काठमाडौँ

वसन्त महर्जन

प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन नेवार समाजमा गथांमुगः चाड मनाइन्छ। गथांमुगः सोझै धर्मसँग सम्बन्धित छैन तर अचेल यसबारे थुप्रै कथा बुनिएका छन्।

जस्तो कि ईश्वरको कुरा सुन्न नपरोस् भनेर कानमा घण्ट झुण्ड्याएर हिंड्ने भएकाले गथांमुगः लाई ‘घन्टाकर्ण’ का नाममा बेग्लै न्वारान समेत गरिएको छ। ‘गठेमंगल’ पनि भनिएको सुनिन्छ। तर, यी सबै यो पर्वको सांस्कृतिक विचलन र अपव्याख्या हो।

हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।

वास्तवमा आदिम नेवार संस्कृति बुझ्न गथांमुगः एउटा साँचो हुनसक्छ। तर, नेवार संस्कृति बारे बोल्ने र कलम चलाउनेहरूमै यसबारे मतैक्य हुनसकेको छैन। यसको चुरो पर्वलाई हेर्ने हिन्दू वा बौद्ध दृष्टिकोण हो। तर, यी धर्म उद्भव हुनुअघि नै स्थानीयस्तरमा विकसित संस्कृतिलाई के भन्ने ? कसरी विश्लेषण गर्ने?

हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।

प्रकाशित मिति: : 2020-07-19 10:13:31

प्रतिकृया दिनुहोस्