१५ वर्ष लामो बैवाहिक सम्बन्ध तोड्दै हलिउड अभिनेता जोय लरेन्स

एजेन्सी

काठमाडौं

हलिउड अभिनेता जोय लरेन्सले आफ्नी पत्नी चन्डेई यावन नेल्सनसँग सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लस एन्जलस अदालतमा उनले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन्।   

२००५ मा वैवाहिक बन्धनमा बाधिएका दुवै जना अब सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि अगाडि बढेका हुन्। उनीहरूका एक १४ वर्षीया र १० वर्षीया गरी दुई छोरी छन्। जोयले सामाजिक सञ्जालबाट पत्नीका सबै तस्बिर हटाएका छन्।

 उनले दुई छोरीसँगै कुकुरको तस्बिर राख्दै भावुक स्टाटस लेखेर भनेका छन्, 'मेरो जिउनुको आधार, मेरो आर्शिवाद। यिनी दुई अद्भुत, मजबुद, शक्तिशाली युवा महिलाका बुबा हुनुका नाताले मलाई निकै खुशी मिलेको छ।'  

यसअघि अभिनेता जोयले सन् २००२ मा मिसेल वेलासँग विवाह गरेका थिए। त्यो विवाह धेरै टिक्न सकेको थिएन।  तीन वर्षमै डिभोर्स भएको थियो।  डिभोर्स गरेलगत्तै जोयले नेल्सनसँग विवाह गरेका थिए। 

प्रकाशित मिति: : 2020-07-19 14:23:04

प्रतिकृया दिनुहोस्