यस कारण याे वर्ष पहिरोको जोखिम बढी, कसरी थाहा पाउने पूर्व संकेत?

जोखिमयुक्त ठाउँमा बस्ती हुनु तथा प्राकृतिक र मानवीय कारणले चलायमान जमीन वर्षाले गलाएर पहिरोको जोखिम बढाएकाले सजगता आवश्यक छ।

यस वर्ष ३० जेठमा मनसुन शुरु भएयता ४ साउनसम्म ५० जिल्लामा पहिरोका २१० वटा घटना भएको छ। जसमा ११० जनाको मृत्यु भएको छ। यस्तै ती घटनामा ४३ जना बेपत्ता र २९० परिवार प्रभावित भएका छन्। देशका अधिकांश ठाउँमा ४ साउनदेखि शुरु भएको भारी वर्षा ८ गतेसम्म रहने र यसले पहिरोको जोखिम बढ्ने विज्ञहरुले बताइरहेका छन्। पहिरोको किसिम, जोखिम र यसबाट बच्न अपनाउनुपर्ने सावधानी लगायत विषयमा खानी तथा भूगर्भ विभागका सिनियर जियोलोजिस्ट शिवकुमार बास्कोटासँग गरिएको कुराकानी उनकै शब्दमाः

यस वर्ष प्रि–मनसुन र मनसुनमा औसतभन्दा बढी वर्षा भएकाले क्षतिको जोखिम बढी छ। खासगरी, लगातारको वर्षाले माटो गलेका कारण पहिरोको जोखिम उच्च छ।

प्रकाशित मिति: : 2020-07-21 11:12:17

प्रतिकृया दिनुहोस्