फ्रान्समा भाइरसको ४०० ‘क्लस्टर’

फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा कोरोनाको संक्रमण फेरि फैलिन थालेको बताएको छ।

मन्त्रालयले देशभित्र भाइरसको करीब ४ सय क्लस्टर रहेको खुलासा पनि गर्‍यो। फ्रान्समा पसल, रेस्टोरान्ट, बैक जस्ता बन्द ठाउँमा पनि मास्क लगाउन कडा निर्देशन दिइएको छ।

नियम उल्लंघन गर्नेलाई १ सय ३५ युरो बाट दण्डित गर्ने प्रावधानलाई सरकारले स्विकृति दिइसकेको छ। 

फ्रान्समा हाल संक्रमितको संख्या १ लाख ७७ हजार ३ सय ३८ पुगिसकेको छ भने मर्नेको संख्या ३० हजार १ सय ६५ छ। हाल पनि ६७ हजार ४ सय ३९ जना संक्रमित छन्। जसमा ४ सय ५५ जनाको अवस्था दयनीय मानिएको छ।

प्रकाशित मिति: : 2020-07-22 08:01:29

प्रतिकृया दिनुहोस्